Section 28
सूचना सच्याउन निवेदन दिन सकिने
(१) कुनै सार्वजनिक निकायको जिम्मा, संरक्षण वा नियन्त्रणमा रहेको आफूसँग सम्बन्धित कुनै सूचना गलत भएको वा तथ्यमा आधारित नभएको कुनै व्यक्तिलाई लागेमा निजले जुनसुकै बखत त्यस्तो सूचना सुधार गरी सच्याउन सम्बन्धित सार्वजनिक निकायमा तोकिएको ढाँचामा निवेदन दिन सक्नेछ।
तर त्यस्तो सूचनाको आधारमा निजले कुनै लाभ, फाइदा वा सुविधा लिइसकेको भए त्यसलाई सच्याउन निवेदन दिन सक्ने छैन।
(२) उपदफा (१) बमोजिम निवेदन दिँदा निजले के कस्तो कारणबाट त्यस्तो सूचना गलत भएको वा तथ्यमा आधारित नभएको हो त्यसको विवरण तथा निजले दाबी गरेको तथ्य वा विवरणलाई पुष्टि वा प्रमाणित गर्ने प्रमाण समेत दाखिला गर्नु पर्नेछ।
(३) उपदफा (१) बमोजिम निवेदन परेमा सार्वजनिक निकायले तोकिए बमोजिम छानबिन गरी त्यस्तो सूचनामा सुधार गरी सच्याउनु पर्ने देखिएमा आवश्यक सुधार गरी सच्याउन सक्नेछ।